इटहरीकाे इपिल्याण्डलाई मन्त्रालयबाट कदर पत्र

इटहरी / इटहरी स्थित इपिल्याण्ड एण्ड वाटरपार्कले नागरिक उड्रयन तथा पर्यटन मन्त्रालयबाट कदर पत्र प्राप्त गरेकाे छ । काेराेना संक्रमण पश्चात पुनः सञ्चालनमा आएको इपिल्याण्ड एण्ड वाटरपार्कलाइ मन्त्रालयले पर्यटन प्रवद्धन क्षेत्रमा उल्लेखनीय याेगदा पुर्याएकाे भन्दै कदर पत्र प्रदान गरेकाे हाे । कोरोना संक्रमणका कारण वैशाख देखि बन्द भएकाे पार्क पुन : संचालनमा आएको छ । ६० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त पार्कमा ७० जनाले रोजगारी पाएका छन् । पार्कमा जुरासिक पार्क, पानीको वेभ, स्वीमिङ पुल लगायत रेष्टुरेन्ट तथा बोटिङलगायतका सुविधा संचालनमा रहेकाे छ ।

फनपार्कका सन्चालक पूर्व डीआईजी ज्ञानविक्रम साहले अब पूर्ण रूपमा पार्क सञ्चालन भएको बताए । उनले भने, ‘कोभिडका कारण अघिल्लै वर्ष सञ्चालनमा आउने पार्क फागुनमा मात्रै उद्घाटन भएको थियो, दुई महिना सञ्चालन हुन नपाउँदै फेरि बन्द गर्नुपर्ने अवस्था आइपर्यो ।’ यसैबीच ४२ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश–१ कै सबैभन्दा ठूलो इपील्याण्ड वाटर एण्ड एम्युजमेन्ट पार्कलाई कदरपत्र प्रदान गरेको छ ।

पार्कका अध्यक्ष भीम पौडेलले इटहरीलाइर् पर्यटन क्षेत्रकाे रूपमा स्तरोन्नति र विकासका लागि आफूहरूले ठूलो लगानीमा पार्क सञ्चालनमा ल्याइएको बताए । ‘ठूलो लगानी भएपनि जम्मा दुई महिना मात्रै सञ्चालन भयो,’ उनले भने, ‘अहिले विशेष अफरसहित पार्क सञ्चालनमा ल्याएका छौँ ।’ उनका अनुसार ७ सय ५० रुपैँयाको टिकट अहिले पाँच सय र तीन सय रहेको छ । पार्कमा पूर्वको सबैभन्दा ठूलो वाटर पार्क, पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड, ६ सय मानिस अटाउने वेभ पुल, जीप लाइन, बोटिङ गर्दै लोप भइसकेका जनावरको इलेक्ट्रोनिक माध्यमबाट आवाज सुन्न सकिने सुविधा रहेको छ ।

पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ । यस पुलमा बसेपछि समुद्रको छालमा बसेको जस्तो आनन्द आउँछ । पार्कमा जोरासिक यहाँको अर्को सुन्दर विशेषता हो । यहाँ बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिन्छ । पार्कमा जिप लाइन टावर बनाइएको छ । यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ । साथै, वाल क्लाइम्बिङ ९ चट्टानमा चढ्ने स्थान पनि निर्माण गरिएको छ ।पार्कमा पहिलो स्नोपार्क केही केही समयपछि सञ्चालनमा ल्याइने छ । यसमा हिउँबाट आनन्द लिन सकिनेछ । ‘

प्रतिक्रिया

सम्बन्धित