कोभिडका कारण गन्ध हराएका बिरामीलाई भिटामिन ए प्रभावकारीः अनुसन्धान

लन्डन / कोभिडका कारण गन्ध हराउने लक्षणको उपचारमा नाकमा हाल्ने भिटामिन एको थोपा प्रभावकारी हुने वेलायती अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इस्ट एंगिला विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यस्तो दाबी गरेका हुन् ।

यस बारेमा अनुसन्धानकर्ताहरुले १२ साता लामो परीक्षण गरिरहेका छन् । परीक्षणकै क्रममा गन्ध थाहा नपाएका केही बिरामीलाई उपचार गरिने भएको छ ।
बिरामीलाई गुलाफको फुल र कुहिएको अन्डाको गन्ध सुँध्न लगाइने छ । त्यसपछि भिटामिन एले गन्धसम्बन्धी नशालाई ठिक बनाएको वा नबनाएको निस्कर्ष निकालिनेछ ।

गन्ध थाहा पाउन सक्ने क्षमता हराउनु कोभिडको प्रमुख लक्षण हो । कोभिडका केही बिरामी लामो समयसम्म गन्धसम्बन्धी समस्याबाट पीडित छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित