राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकाे चार वर्ष : शैक्षिक कार्यक्रम नै सुरु भएन

दाङ / राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान स्थापना भएको चार वर्ष पूरा हुँदा पनि शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेको छैन । स्वास्थ्य सेवा र शिक्षालाई प्रभावकारी बनाउने गरी ‘एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ अन्तर्गत राप्ती प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानले मंगलबार मात्र स्थापना दिवस मनाइसक्दा पनि शैक्षिक सत्र कहिलेबाट सुरु हुन्छ यकीन हुन सकेको छैन ।

चार वर्षसम्म पूर्वाधार निर्माणमा लागेको र पूर्वाधार भएपछि मात्रै शैक्षिक कार्यक्रम सुरु गरिने उपकुलपति प्राडा संगीता भण्डारीले बताइन् । प्रतिष्ठान स्थापना भए पनि एक वर्ष राप्ती उपक्षेत्रीय अस्पतालसँगको स्वामित्व विवादले १२ असोज २०७५ बाटमात्रै प्रतिष्ठान अस्तित्वमा आएर कार्यसम्पादन सुरु गरेको थियो ।

‘यो अवधिमा भौतिक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सक व्यस्थापन, आधुनिक उपकरण व्यवस्थापन र अक्सिजन प्लान्ट निर्माणका काम भएका छन्,’ उनले भनिन् । प्रतिष्ठान चार वर्षमा प्रवेश गरेको अवसरमा नवनिर्मित २५ वेडको एक्स्टेण्ड हेल्थ सर्भिसको प्रयोजनका लागि निर्माण गरिएको वार्डको उद्घाटन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित