चुलाचुलीमा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

झापा । इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ कार्यालयमा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइएको छ।

वडा कार्यालयले सोमबार घोषणा सभा गरी लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले जानकारी दिए। लिम्बू बाहुल बसोबास रहेको यस वडाले वडाभित्रका सरकारी कार्यालयमा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिएको उनले बताए।

लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने काम चुलाचुली गाउँपालिकाको हकमा भने यो वडा भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित