बीपी प्रतिष्ठान धरानको स्वास्थ्य सेवा गुणस्तरहीन

धरान / नेपाल मेडिकल काउन्सिलको टोलीले अध्ययन गरेर तयार पारेको रिपोर्टले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वास्थ्य सेवा गुणस्तरहीन भएको पाइएकाे छ । असोज २ गतेदेखि ५ गतेसम्म काउन्सिलले निरीक्षण गरेको हाे । रिपोर्ट अनुसार अस्पतालका विशेषज्ञहरूले बिरामी नहर्ने र रेजिडेन्ट डाक्टरहरूले मात्रै बिरामी हेर्ने गरेको पाइएको हो ।

अस्पतालको रेडियोलोजी तथा ल्याबको सेवाको अवस्था निकै तल्लो स्तरमा पुगेको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ । अस्पतालको व्यवस्थापन कमजोरी हुँदा बिरामीले सेवा पाउन निकै सकस भएको रिपोर्टमा उल्लेख गरिएको छ । त्यस अवधिमा गरिएको अध्ययनमा अस्पतालको हाताभित्र फार्मेसी सेवा नभएकाले सेवाग्राहीलाई निकै सकस भएको पाइएको समेत पाइएको छ । यस्तै, सो अस्पतालबाट प्रत्येक दिन २० जना बिरामी बाहिर उपचारका लागि समेत रिफर गर्ने गरेको पाइएको छ । अस्पतालमा जनशक्ति पुग्दो मात्रा हुँदा पनि आकस्मिक कक्षमा भिड हुने तथा व्यवस्थापकीय पक्ष कमजोर रहेको रिपोर्टले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित