काठमाडौं महानगरका विद्यालय १० असोजदेखि खोल्ने

काठमाडौं /  काठमाडौं महानगरपालिकाले यही १० असोजदेखि विद्यालय संचाचालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले स्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना गरी १० असोजदेखि विद्यालय खोल्ने निर्णय गरेको महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि मात्र बालबालिका संक्रमणको जोखिम रहेको भन्दै हतारमा विद्यालय नखोल्न आग्रह गरेको थियो । यसअघि विद्यालयका संचालकहरूले १ असोजदेखि नै विद्यालय खोल्ने तयारी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित