काेराेनाले थलिएकाे पूर्वी नेपालकाे पर्यटन प्रवर्द्धन गर्न नेपाल युवा उद्यमी मञ्च सुनसरीले माेटर र्याली गर्ने

इटहरी / नेपाल युवा उद्यमी मञ्च सुनसरी शाखाले माेटर र्याली तथा क्याम्पिङ अयाेजना गर्ने भएकाे छ । पूर्वी नेपालकाे पर्यटन क्षेत्रलाइ  प्रवद्धन गर्ने मुख्य उदेश्यका साथ युवा उद्यमी मञ्च सुनसरी शाखाले  इटहरी देखी गुफा पाेखरीसम्मकाे माेटरर्याली तथा क्याम्पिङकाे अयाेजना गर्ने भएकाे हाे। तयारी गरेकाे

काेभिडका कारण सुस्ताएकाे पूर्वी नेपालकाे पर्यटन प्रवद्धन गर्ने  मुख्य उदेश्यका साथ अायाेजना गरिने उक्त र्याली सुनसरीकाे इटहरीबाट सुरू भइ धरान, भेडेटार, धनकुटा, हिले, बसन्तपुर, तीनजुरे, चाैकी , मंगलबारे हुँदै गुफापाेखरी सम्म रहने युवा उद्यमी मञ्च सुनसरीका अध्यक्ष कुमुद निराैलाले बताएका छन्  ।

र्यालीका क्रममा  तिनजुरे आधारभुत विद्यालय तथा गुफापाेखरी आधारभुत विद्यालयमा अध्यानरत विद्यार्थीहरूलाइ पाेसाक, कपी, पेन्सिल, टिफिन बक्स, लुडाे, चेस, फुटवल लगायतका सामाग्रीहरू समेत वितरण  गरिने अध्यक्ष कुमद निराैलाले बताए । र्याली यही  असाेज  ८ गते सुक्रबार देखी  १० गते सम्म रहने जनाइएकाे छ ।

लालीगुराँसको राजधानी भनेर चिनिने धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा २९०० मिटरको उचाइमा अवस्थित रहेकाे छ । तीनजुरे, मिल्के, जलजले क्षेत्र नेपालका पाँच प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्येको एक हो। १७ सयदेखि ५ हजार मिटरसम्मको उचाइमा रहेको यो क्षेत्र ५५८ वर्ग किलोमिटरमा फैलिएको छ। नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २५ भन्दा बढी यहाँ पाइन्छ।

२५० वनस्पति पाइने क्षेत्र र विश्वकै २०० मह१४०वपूर्ण इकोलोजिकल जोन (परिस्थितिकीय क्षेत्र)को रूपमा समेत यो क्षेत्र रहेको छ। बराह क्षेत्रबाट चीनको तिब्बतसम्म फैलिएको नेपालकै सबभन्दा लामो पहाड शृङ्खला रहेको यो क्षेत्र जैविक विविधता, प्राकृतिक श्रोत तथा सामाजिक-सांस्कृतिक विविधताको खानीको रूपमा रहेको छ।

चौकीबाट श्रीमाने, पाँचपोखरी, लामपोखरी हुँदै निकै चिसो बाटो भएर सुस्त-सुस्त अगाडि बढ्नु पर्छ। यहाँ चैतमा पनि पनि हिउँ परिरहेको हुनसक्छ। पोखरीमा आफ्नै छायाँ हेरेर रमाउन, अँगालोभरी गुराँस बोकेर तस्बिर खिच्न, खुल्ला चौरमा लमतन्न सुतेर आकाशतिर हेर्दै थकाइ मार्न यो सबैभन्दा राम्रो मौका हुनसक्छ।

पाँचपोखरी, लामपोखरी नाघेर अग्लो डाँडैडाँडा पूर्वतिर लाग्दा माथिबाटै देखिन्छ लमतन्न परेको मनोरम गुफापोखरी। हिमालको छायाँ देखिने बजारसँगैको पोखरी र अलिपर मेन्छ्याम डाँडाको फेदीमा रहेको गुफालाई जोडेर यो ठाउँको नाम गुफापोखरी रहन गएको हो। मेन्छ्याम (लिम्बू भाषामा तरुनीे) डाँडा माथिबाट पनि हिमशृङ्खला देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित