करार स्वास्थ्यकर्मी घर फर्के, स्वास्थ्य सेवामा समस्या

जाजरकोट / डोल्पाको जिल्ला स्वास्थ्य सेवा कार्यालय करार स्वास्थ्यकर्मीको भरमा चलेको छ । करार चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीहरूकै भरमा स्वास्थ्य कार्यालय चलेको कार्यालय प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

४३ जनामध्ये १० जनामात्र स्थायी दरबन्दीमा कार्यरत रहेको र बाँकी ३३ जना करारमा कार्यरत रहेको उनले बताए । करारमा रहेका कर्मचारीको शुक्रबार नै म्याद सकिएकोले काम गराउन समस्या भएको कार्यालय प्रमुख शाहीले जानकारी दिए ।

करारका कर्मचारीलाइ म्याद थप्का लागि र तलब भत्ताका लागि २६ लाख बजेट माग गरिएको छ । तर, अहिलेसम्म रकम नआएको उनले बताए । करारका सबै स्वास्थ्यकर्मी हटाउँदा काम गर्न नै नसकिने अवस्था रहेको छ । १५ शश्याको स्वास्थ्य सेवा कार्यालयमा करारकै स्वास्थ्यकर्मीको भरमा चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित