हुम्लाका ६ गाउँपालिकामा खुले विद्यालय

हुम्ला / हुम्लाका सातमध्ये ६ वटा स्थानीय तहका विद्यालयमा पढाइ सुरु भएकाे छ । जिल्लामा कोरोना संक्रमणको दर शून्य भएपछि सिमकोट, नाम्खा,खार्पुनाथ, ताँजाकोट, चंखेली र अदानचुली गाउँपालिकाले पठनपाठन सञ्चालन गरिसकेका छन् । अब सर्केगाड गाउँपालिकाका विद्यालय खुल्न बाँकी छ ।

सिमकोट र खार्पुनाथका विद्यालयमा आइतबारबाट भाैतिक उपस्थितिमा पढाइ सुरु भएकाे हाे । बाँकी चार गाउँपालिकाका विद्यालय यसअघि नै खुलिसकेका थिए । गाउँपालिकाका शिक्षा समितिको निर्णय अनुसार पढाइ सुरु भएकाे मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।

जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्रकाे १४ भदाैकाे बैठकले सामुदायिक तथा संस्थागत विद्यालयमा भाैतिक उपस्थितिमै पढाइ सुरु गर्ने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित