सुनसरीमा तत्काल विद्यालय सञ्चालन गर्न नपाइने

इटहरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले तत्काल विद्यालय सञ्चालन गर्न नपाइने निर्णय गरेकाे छ । आइतवार एक विज्ञप्ती जारी गर्दै तत्काल भाैतिक उपस्थितिमा पठनपाठ गर्न नपाइने बताएकाे हाे ।

विद्यालय सञ्चालन नगरि नहुने अवस्था भए नेपाल सरकारले जारी गरेकाे स्मार्ट लकडाउनकाे प्रवधान भित्र रहेर सम्बन्धित स्थानियतहकाे कार्यपालिकाबाट निर्णय गराएर सञ्चालन गर्न पाइने सुनसरी प्रशासनले बताएकाे ।

यसका साथै भारतिय नाकाहरूवाट आवतजावत पुर्ण रूपमा बन्द गरिएकाे छ, भने सर्वसाधारण व्याक्ति, समुह तथा संस्था लगायतका निकायहरूबाट आर्थिक तथा व्यावसायिक गतिविधिहरू गर्न नेपाल सरकारले ताेकेकाे स्वास्थ्य मापदण्डकाे पुर्ण पालना गर्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित