विराटनगरस्थित आरके चिल्ड्रेन अस्पतालले बन्धक बनाएको शिशु आफन्तको जिम्मा लगायो

बिराटनगर । विराटनगरको आरके चिल्ड्रेन अस्पतालले बन्धक बनाएको शिशुलाई आफन्तको जिम्मा लगाएको छ । डिस्चार्ज गरेर पनि उपचार खर्च बुझाउन नसकेको भन्दै अस्पतालले शिशुलाई आफन्तको जिम्मा लगाएको थिएन । अस्पतालले गत मङ्गलबार राति नै घर जान दिएको शिशुका हजुरबुबा भोला कर्मकारले बताए ।

अस्पतालले लगभग ५० प्रतिशत छुट गरेर बच्चालाई आफ्नो जिम्मा लगाएको उनले बताए । आरकेले उपचार खर्च बुझाउन नसकेको भन्दै शिशुलाई बन्धक बनाएपछि उनीहरूले मिडियाको सहारा लिएका थिए ।

दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने उनीहरू अस्पतालले शिशुलाई बन्धक बनाउँदा समस्यामा परेका थिए । दमकको लाइफलाइन अस्पलालले शिशु जन्मिएको केही समयमा नै अर्कै अस्पताल लान भनेपछि आफन्तले विराटनगरको आरके चिल्ड्रेन हस्पिटल ल्याएका थिए ।शिशुलाई भेन्टिलेटरमा राखेका उपचार गर्नुपरेको थियो । तर, अस्पतालले डिस्चार्ज गरेर पनि आफन्तको जिम्मा लगाएको थिएन । डिस्चार्ज गरेको चार दिनसम्म अस्पतालले शिशु जिम्मा नलगाएको थाहा पाएपछि बिभिन्न मिडियामा समाचार प्रकाशन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित