इटहरी अस्पतालकाे चरम लापरबाही : काेराेनाकाे पहिलाे र दाेस्राे डाेजमा लगाइयाे फरक-फरक खाेप

इटहरी / इटहरीमा कोरोना भाइरस विरुद्धको पहिलाे र दाेस्राे डाेजमा फरक फरक खाेप लगाइएकाे छ । पहिलो डोज भेरोसेल लगाएकी महिलालाई कोभिशिल्डको दोस्रो डोजकाे रूपमा नेपालमा प्रयाेग गरिएकाे एस्ट्राजेनेका खोप लगाइएको हाे । इटहरी १९ तरहराकी ५५ वर्षीया लक्ष्मीमाया पुरीलाई पहिलो डोज भेरोसेल लगाएपनि दोस्रो डोज भने एस्ट्राजेनेका खोप लगाइएको छ । गत श्रावण ११ गते भेरोसेलको पहिलो डोज लगाएकी उनलाई भदौ १३ गते एस्ट्राजेनेका खोप लगाइएको पाइएकाे हाे । हाँसपोसा स्वास्थ्य चौकी तरहराका स्वास्थ्यकर्मीकाे लापरबाहीले गलत खाेप लगाइएकाे हाे । एस्ट्राजेनेका गत बर्ष भारतकाे कोभिशिल्ड खाेपकाे दाेस्राे डाेज खाेप हाे । भारतले कोभिशिल्ड खाेप नदिएपछि विकल्पमा एस्ट्राजेनेका लगाइदैछ ।

पहिलो डोज भेरोसेल लगाएकालाई एस्ट्राजेनेका लगाउनु लापरबाही भएको इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले पुर्वेली न्यूजलाइ बताए । “यसरी खाेप लगाउदा असर गरेकाे भए १ घण्टा सम्ममा त्यसकाे असर देखिनु पर्ने हाे । उहाँ अहिले सम्म ठिकै हुनुहुन्छ भन्ने बुझेका छाै, आत्तिनु पर्ने अवस्था छैन् ।” उनले भने “मानवीय कमजाेरी र भिडभाडले गर्दा कमजाेरी भयाे, उहाँलाइ केहि समस्या देखिए तत्काल सम्पर्कमा आउन भनेका छाैँ ।” जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीलाइ समेत यस बिषयमा जानकारी गराएकाे उनले बताए । यस्ताे घटना सार्वजनिक भए पश्चात सबै स्वास्थ्यकर्मीलाइ सचेत गराइएकाे धमलाकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित