यौनांगमा सिमीका गेडा हालेपछि…

एजेन्सी / अमेरिकामा एकजना युवकले यौन सन्तुष्टिका लागि भन्दै आफ्नो यौनांगभित्र ६ वटा सिमीका गेडा हाले । तर ती सिमीका गेडा उनको यौनांगभित्रको नली (युरेथ्रा) मै अडि्कएपछि उनलाई आपतकालीन अवस्थामा अस्पताल दौडाउनु परेको छ ।

नाम नखुलाइएका ती ३० वर्षीय युवक अमेरिकाको मिचिगनका बासिन्दा हुन् । विर्यस्खलनका बेला सिमीको अनुभव गर्दै बाहिर फ्याँक्ने चाहनामा उनले यौनांगभित्र सिमी घुसाउने जोखिम मोलेका थिए ।

Urology Case Report नामक जर्नलमा छापिएको रिपोर्ट अनुसार उनले विर्यस्खलको प्राकृतिक झट्काले नै सिमीका गेडा बाहिर हुत्याउन सकिने अनुमान गरेका थिए । तर उनी असमर्थ भए । त्यसपछि उनलाई अस्पताल आउनुपर्‍यो, जहाँ डाक्टरहरुले ठूलो मेहेनत गरेर उनको यौनांगबाट सिमीका गेडा बाहिर निकाले ।

अस्पतालमा आएपछि पनि उनले सुरुमा डाक्टरहरुलाई सत्य कुरा बताएनन् । आफूले पहिले यौन सम्पर्क गरेको र त्यसपछि पिसाब फेर्न गाह्रो महसुस भएको बताए । आफूले यौनांगभित्र सिमी घुसाएको कुरा उनले डाक्टरहरुलाई बताएनन्, सुरुमा ।

डाक्टरहरुले उनको यौनांगको सिटी स्क्यान गर्दा नलीभित्र १५ मिलिमिटर साइजका ६ वटा सिमीका गेडा देखिए । त्यसपछि सोधपुछ गर्दा बल्ल उनको कर्तुतको पर्दाफास भयो । डाक्टरहरुले ती मध्ये एउटा सिमीको गेडालाई क्रिम लगाएर हातले निचोर्दै बाहिर निकाले । अन्य पाँच वटा गेडा त्यसरी निकाल्न सकिएन । अर्को दिन शल्यक्रिया गरेर उनको यौनांगको नलीबाट थप ५ वटा सिमीका गेडा बाहिर निकालियो ।

डरलाग्दो त के भने चारवटा सिमीका गेडा उनको यौनांगको बीच भागसम्मै पुगेका थिए र एउटा त मुत्रथैलीभित्री छिरेको थियो । शल्यक्रियापछि ती युवकलाई सोही दिन अस्पतालबाट डिस्चार्ज गरिएको र उनी हाल स्वस्थ रहेको डाक्टरहरूको भनाइ छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित