नेशनल एकेडेमी धरानकाे भर्ना सप्ताह, छात्रवृत्तिमा ४८ प्रतिशत भर्ना

धरान / नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले भाद्र २ गते देखि ८ गते सम्म संञ्चालन गरेको भर्ना सप्ताहमा ४८ प्रतिशत विधार्थी भर्ना भएका छन् । एजुकेशन, ह्युमेनिटिज र मेनेजमेन्ट सङ्कायको पढाई सञ्चालन गरिरहेको कलेजले ६ प्रकारको छात्रवृति प्रदान गरिरहेको छ । ह

रेक सङ्कायमा ७ जनाको दरले २१ जनालाई ग्रामिण छात्रबृति दिईरहेको कलेजले स्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप, सहरी सामुदायिक स्कूल जेहेन्दार स्कोलरसिप र सेल्फ मेरिट स्कोलरसिपमा क्रमश : १५/१५ जनालाई छात्रवृति दिएको कलेजका सिईओ देव सुब्बाले जनाएका छन् । उनले गुणस्तरीय शिक्षामा सबै खालका विधार्थीहरुको पहुच पुगोस भन्ने उद्धेश्यले छात्रवृत्तिको ब्यबस्था गरिएको बताएका छन् ।

अन्तराट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूल तथा कलेज अरु कलेजमा भन्दा भिन्न शान्त शैक्षिक बातावरण, ५० मिनटको कक्षा, विधार्थीहरुको व्यक्तित्व विकासका लागि विभिन्न क्लवको अभ्यास, आईटीमय शैक्षिक वातावरण, अडोटोयिम हल, अन्तराष्ट्रिय मापदण्ड आदीले यहाँ पढ्न आउने विधार्थीहरुको भविष्य उज्वल रहेको उनले दावी गरे ।

अध्ययन गर्ने सबै विधार्थीहरुले आईएसओ अंकित प्रमाण पत्र पाउने छन् । जसको महत्व विश्व वजारमा बेग्लै हुने र सहजै विभिन्न अवसरहरु पाउने, विधार्थीहरुको भविश्यमा विश्व बजारमा हुने प्रतिस्पर्धालाई यसले सहज बनाउने कलेजका प्रिन्सिपल श्रीशीशा राईले बताए ।

यस कलेजमा अन्य कलेजहरुले लिने शुल्कमै विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरको शिक्षा सर्वसुलभ दरमा पाउने उनले जानकारी दिए । छात्रवृत्तिका केही कोटा बाँकी रहेको र त्यसमा आगामी दिनमा पनि विद्यार्थीहरुलाई भर्ना गर्न सकिने उनले बताएका छन् ।

नेशनल कलेज धरानमै फरक ढंगबाट व्यवहारिक शिक्षा दिने शैक्षिक संस्था हो । यस कलेजले यसैवर्षदेखि कक्षा ११ मा राई बान्तावा, लिम्बु र नेवारी भाषामा कक्षा सञ्चालन गर्ने बताईसकेको छ । यसको सम्पुर्ण तयारी पुरा भएको प्रिन्सिपल राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित