थप २ हजार ७५ जनामा कोरोना पुष्टि, ३० को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ७७३ र एन्टिजेन विधिबाट ५ हजार ३७२ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७५ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७२२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ९५ हजार ९२५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ जना रहेको छ । हालसम्म ३७ लाख ८ हजार ६८८ जनाले खोप लगाइसकेका छन् । २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित