यस्ता गुण भएका महिला हुन्छन् भाग्यमानी

संसारमा महिलालाई देविको अवताको रूपमा लिने गरिन्छ । शिव पुराणमा महिलाहरूमा हुनपर्ने यस्ता गुण बताईएको छ । जुन गुण हुनेमहिला सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् भनिएको छ ।

यस्ता गुण भएका महिला भाग्यमानी हुन्छन् :

१. शिरको अगाडीको भाग उठेको महिला धनी र वैभवशाली हुने गर्छन् । २. जुन महिलाको सिन्दुर लगाउने स्थान सिधा र उठेको छ ती महिला पनि भाग्यवती मानिन्छन् । ३. जुन महिलाको आँखीभौं जोडिएको छ ती महिलालाई विश्वास गर्न सकिन्न । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता महिलालाई भाग्यमानी मानिन्छ ।

४.पितासँग अनुहार मिल्ने महिला भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने शास्त्रमा बताइएको छ । ५. जुन महिलाको कालो कपाल र आगाडितिर झुकेको छ त्यो भाग्यमानी हुन्छ । चिल्लो, कोमल र मुलायम कपाल भएका महिलालाई पनि उत्तम मानिएको छ । ६.जुन महिलाको गोलो र चिल्लो तथा आकर्षक अनुहार छ त्यो भाग्यमानी हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित