नेपालमा थप ३ हजार ४२ जनामा कोरोना पुष्टि, २६ को मृत्यु, २२ सय ४४ निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ५३० र एन्टिजेन विधिबाट ७ हजार १२४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४२ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार ६४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २४४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ९३ हजार ५४३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ जना रहेको छ । हालसम्म ३७ लाख ८ हजार ६८८ जनाले खोप लगाइसकेका छन् । २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित