प्रदेश १ मा ८४१ जना संक्रमित थपिए, ११ जनाको मृत्यु

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५(१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेह्रथुममा २(२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमकमा ५९, बिर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७(७, कमल गाउँपालिकामा ४, गौरादह र बुद्धशान्तिमा ३–३, मोरङको विराटनगरमा ५१, लेटाङमा २३, बेलबारीमा २२, पथरीशनिश्चरेमा १६, उर्लाबारीमा १०, सुन्दरहरैचामा ४, रतुवामाईमा ३, रङ्गेली र मिक्लाजुङमा २–२, कानेपोखरी र केराबारीमा १–१, सुनसरीको इटहरीमा ४८, धरानमा २७, इनरुवामा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा १३, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, सूर्योदय र सन्दकपुरमा १(१, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिवासमा २, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्दमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा २, तेह्रथुमको म्याङलुङमा २–२, ताप्लेजुङ र खोटाङमा १(१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आज ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष रहेका छन । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित