सुनसरीमा ११५ सहित प्रदेश एकमा ६९२ जनामा कोरोना सङ्क्रमण

बिराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको छ।

झापाको बिर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७-२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४-२४, कनकाईमा १६, बुद्ध शान्तिमा १२, कचनकवल र बाह्रदशीमा ३-३, झापा गाउँपालिकामा २, गौरादह, हाल्दिबारी र कमल गाउँपालिकामा १-१, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, इनरुवा र बराहक्षेत्रमा ५-५, गढी र देवानगञ्जमा २-२, रामधुनी, भोक्राहा नरसिंह र दुहबीमा १-१, मोरङको विराटनगरमा ३४, पथरीशनिश्चरेमा २२, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ५, मिक्लाजुङ, बेलबारी, धनपालथान र रतुवामाईमा २-२, लेटाङ, ग्रामथान, रङ्गेली र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ९, महालक्ष्मी र शहिदभूमीमा १-१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र सूर्योदयमा २-२, मांसेबुङ र माईमा १-१, भोजपुरको भोजपुर नगरपालिकामा २, साल्पासिलिछोमा १, ताप्लेजुङको फालेलुङ र स्थानीय तह नखुलेका १-१, पाँचथरको फाल्गुनन्द, खोटाङ, उदयपुरको चौदण्डीगढी, सोलुखुम्बुको नेचा सल्यान र सङ्खुवासभाको पाँचखपनमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित