नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १३ हजार २१७ जनाको आरटी–पीसीआर गर्दा ३ हजार १९४ जना र ५ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ७१० जना गरी आज ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २० हजार ६८० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार १५० जना पुगेको छ । अघिल्लो दिन २२ जना संक्रमितले ज्यान गुमाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ४ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३७ लाख ७ हजार ३९६ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३७ हजार ३२२ जना आइसोलेसन र ३८१ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित