नेपालमा पछिल्लो २४ घण्टामा थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १० हजार ४४५ जनाको आरटी–पीसीआर गर्दा २ हजार ६०९ जना र ६ हजार १४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जना गरी आज ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १७ हजार ४८६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ११५ जना पुगेको छ । अघिल्लो दिन ५५ जना संक्रमितले ज्यान गुमाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७८४ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ५ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ९४ हजार १७९ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३६ हजार २८८ जना आइसोलेसन र ४४१ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित