जापानबाट आइपुग्यो ५ लाख १३ हजार डोज एस्ट्राजेनेका खोप

काठमाडौं । जापानबाट कोरोना भाइरसविरुद्धको ५ लाख १३ हजार डोज एस्ट्राजेनेका खोप आज काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई दिने घोषणा गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये पहिलो खेपमा आज शनिबार ५ लाख १३ हजार डोज खोप काठमाडौं आइपुगेको हो । बिहान साढे ९ बजे कतार एयरबाट ती खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

खोप ग्रहण गर्नका लागि स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, सचिव डा. रोशन पोखरेल लगायतका प्रतिनिधिहरु त्रिभुवन विमानस्थलमा पुगेका थिए । नेपालका लागि जापानी राजदूत नकिकुता युताकाले विमानस्थलमै राज्यमन्त्री श्रेष्ठलाई ती खोप हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित