यस्ता छन् कोलेस्टेरोल कमगर्ने प्राकृतिक उपयहरू

डिसलिपिडिमिया अर्थात कोलोस्टेरोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज हरेक बयस्क व्याक्तिको समस्या जस्तै भइसकेको छ ।हाम्रो रगतमा संयुक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल, ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाइन्छन् ।

यी सबै रक्त चिल्लोको आ–आफ्नै स्वस्थ रक्तस्तर छ । यी चिल्लोहरूको रक्तस्तर स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरि बढ्नु वा घट्नुलाई रक्तचिल्लोको गडबडी वा डीसलिपिडीमिया भनिन्छ ।

यसरी रक्त कोलेस्टेरोल बढ्दा स्वास्थ्यमा धेरै गडबडी देखा पर्दछन् । हृदयघात र मस्तिष्कघात जस्ता समस्याहरू देखा पर्दछन् । यसर्थ रक्त चिल्लोको गडबडीको आजको दिनमा नं. १ किलर रोग हृदयघात र मस्तिष्कघातको आधारभूत कारण हुन् । हृदयघात र मस्तिष्कघात जस्ता रोगहरूमाथि विजय पाउनका लागि रक्तचिल्लोको गडबडीलाई कम गर्न सक्नु पर्दछ । रक्त चिल्लोको गडबडी कम गर्नका लागि निम्ना प्राकृतिक उपायहरू अवलम्बन गर्न सकिन्छ ।

१. तौल कम गर्नुहोस् । २. नियमित रूपमा व्यायाम गर्ने गर्नुहोस् । ३. आवधिक उपवास गर्नुहोस् । ४. प्रसस्त फलफूल तथा तरकारीको सेवन गर्नुहोस् ।
५. तेल नहालिकन खानेकुरा खान सिक्नुहोस् । ६. धूम्रपानको त्याग गर्नुहोस् । ७. मद्यपानको त्याग गर्नुहोस् । ८. चिनी र प्रशोधित कार्बोहाईड्रेट्स नखाने ।
९. ट्रान्स फ्याट र हाईड्रोजेनेटेड फ्याटको त्याग गर्ने । १०. प्रशस्त खाद्य रेशा र चोकरयुक्त खानेकुराहरूको सेवन गर्नुहोस् ।

११. आमेगा–३ फ्याट्टी एसिडको सेवन गर्ने । १२. लसुनको सेवन गर्ने । १३. तेल भएका गेडागुडीको सेवनबाट शरीरलाई चाहिने चिल्लोको पूर्ति गर्ने गरौँ ।
१४. आर्टिचोक खानुहोस् । १५. मेथीको सेवन गर्नुहोस् । १६. गुग्गुलिपिडको सेवन गर्नुहोस् । १७. अदुवाको सेवन गर्नुहोस् । १८. भिटामिनहरूको सेवन गर्नुहोस् ।

१९. मिनिरलहरूको सेवन गर्नुहोस् । २०. चाईनीज जडीबुटीको सेवन गर्नुहोस् । २१. धानको भुसको तेलको सेवन गर्नुहोस् । २२. तनाव व्यावस्थापन गर्नुहोस् ।
२३. प्रसस्त पानी पिउनुहोस् २४. उच्च मात्रामा खाद्यरेशा भएका खानेकुरा खानुहोस् २५. जडीबुटीको प्रयोग गर्नुहोस्

(लेखक भरतपुर–१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कार्यकारी निर्देशक हुन् ।)

प्रतिक्रिया

सम्बन्धित