इटहरीमा ५८ जना सहित प्रदेश १ मा ६३५ जना कोरोना सङ्क्रमित थपिए

विराटनगर / प्रदेश १ मा आज ६३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेह्रथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरीशनिश्चरेमा ५६, केराबारीमा २६, सुन्दरहरैचामा १६, बुढीगंगामा १३, उर्लाबारीमा ८, जहदा, मिक्लाजुङ र स्थानीय तह नखुलेका २– २, रंगेली, रतुवामाई र कटहरीमा १–१, झापाको बिर्तामोडमा ४६, भद्रपुरमा ३२, दमकमा २५, मेचीनगरमा १७, कनकाई र अर्जुनधारामा १३–१३, शिवसताक्षीमा १२, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, बाह्रदशी र स्थानीय तह नखुलेका २–२, गौरादह र हल्दिबारीमा १–१, सुनसरीको धरानमा ७१, इटहरीमा ५८, रामधुनी र बराहक्षेत्रमा ८–८, इनरुवा र स्थानीय तह नखुलेका ५–५, दुहबीमा ३, तेह्रथुमको म्याङ्लुङमा ८, स्थानीय तह नखुलेको १, इलामको सन्दकपुरमा २, इलाम नगरपालिका, माईजोगमाई, सूर्योदय, माई र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, शहिदभूमीमा २, महालक्ष्मी र पाख्रिवासमा १–१, उदयपुरको चौदण्डीगढीमा २, बेलका र कटारीमा १–१, ओखलढुङ्गाको सुनकोसी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र याङवरकमा १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७९ हजार १९० पुगेको छ । सङ्क्रमित भएकामध्ये ७१ हजार ७३३ जना सङ्क्रमणमुक्त भएका छन् । आज ३०७ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ९७८ रहेको छ ।

प्रदेश १ मा आज २ हजार ३०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित