कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने

काठमान्डाैं । अब कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने भउको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउन तयारी सुरु गरेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन अनुमति दिएपछि भौतिक उपस्थितिमै परीक्षा गर्न लागिएको हो ।

अब मन्त्रिपरिषदले निर्णय गरेपछि परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले परीक्षा सञ्चालन गर्न सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गरिरहेको छ । संक्रमणको दर कम भएसँगै भौतिक रुपमै परीक्षा सञ्चालन गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित