चिकित्सकमाथि हातपात भएकाे विरोधमा मेची अस्पतालका सम्पूर्ण सेवा ठप्प

झापा / मेची अस्पताल भद्रपुरका चिकित्सकहरूले सोमबार बिहानदेखि सम्पूर्ण सेवा ठप्प पारेका छन्। अस्पतालका डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले सम्पूर्ण सेवा ठप्प पारेको हुन्। चिकित्सकमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने चिकित्सकहरूको अडान रहेकाे छ।

आइतबार बेलुका करिब ५ बजे हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती कञ्चनलाई उपचारका लागि मेची अस्पतालको आकस्मिक कक्षमा गएका थिए। आकस्मिक कक्षमा कार्यरत डा. केवल कपुरी र पुष्पराजबीच उपचारकै विषयमा विवाद भएको थियो। सोही विवादको क्रममा दुवै पक्षबीच हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन्।

डाक्टरमाथि बिरामीको आफन्त पुष्पराजले हातपात गरेको भन्दै अस्पतालका सम्पूर्ण मेडिकल अधिकृतहरूले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित