इटहरीमा उदघोषण तथा पत्रकारिता तालिम, उत्कृष्टलाई रोजगारीको अवसर

इटहरी । सुनसरीको इटहरीमा पत्रकारिता तथा उदघोषण तालिम (न्यूज एंकर तथा रिपोर्टिङ ) सम्बन्धि एक महिने तालिम संचालन हुने भएको छ ।
पूर्वेली न्यूजको आयोजनामा श्रावण महिनाबाट सुरु हुन गइरहेको उक्त तालिम पृथक र फरक रहने बताइएको छ । शःशुल्क संचालन हुने उक्त तालिममा १० जना मात्र प्रशिक्षार्थीहरू सहभागी हुन पाउने पूर्वेली मिडिया नेटवर्कका प्रवन्धक सुरेशचन्द्र दाहालले बताए ।

तालिममा बिभिन्न मिडियामा संलग्न प्रशिक्षकहरूले तालिम प्रदान गर्ने दाहालले बताए । तालिममा अन्तरर्वाता लिने तवरतरिका , प्रत्येक्ष रिपोर्टिङ , सेलिब्रीटिहरु संगको अन्तरक्रिया कार्यक्रम तथा क्षमता तथा नेतृत्व विकास तालिम लगायतका बिषयहरू रहनुका साथै प्रशिक्षार्थीहरुले प्रयोगात्मक र फिल्ड रिपोर्टिङको अनुभव समेत लिन सकिने दाहालले बताए ।

एक महिना सम्म संचालन हुने तालिमको शुल्क ९ हजार रुपैयाँ रहेको छ । श्रावण १ गते अाज देखि खुल्ने अनलाइन रेजिषट्रेसन साउन १० गते सम्म रहने छ । तालिमका उत्कृष्ठ २ जना प्रशिक्षार्थीहरूलाइ रोजगारीको समेत व्यवस्था रहेको छ ।

>>अनलाइन रेजिषट्रेसनका लागी यहाँ क्लिक गर्नुहाेस्<<

प्रतिक्रिया

सम्बन्धित