विराटनगर स्थित न्यूरो हस्पिटलमा कोराना संक्रमित बिरामीकाे सफल शल्यक्रिया

बिराटनगर / विराटनगर स्थित न्यूरो हस्पिटलमा कोराना संक्रमित बिरामीकाे सफल शल्यक्रिया भएकाे छ । न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालमा भर्ना भएकी उदायपुरकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । एक्कासि पेट दु:खेपछि उदयपुरको बिभिन्न अस्पतालमा उपचार असम्भव भएपछि सोमबार एम्बुलेन्स मार्फत विराटनगर स्थित मदर एण्ड चाइल्ड अस्पतालमा ल्याएर भर्ना गरिएकी २९ वर्षीया महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको मदर एण्ड चाइल्ड अस्पतालका प्रशासन शाखा प्रमुख अजित बस्नेतले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित रहेकी ती महिलाको एक्कासि पेट दुख्दा अस्पताल ल्याए पछि जाँच गर्दा एपेन्डिक्सको समस्या देखिए पछि सफल शल्यक्रिया गरिएको हो । अस्पतालका वरिष्ठ सर्जन डा.अभिशेक चौधरीको टोलीले शल्यक्रिया गरेको हो । अहिले महिलाको स्वास्थ्य अवस्था सामान्य छ । मदर एउण्ड चाइल्ड अस्पतालमा भर्ना भएकी सो महिलाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि बिभिन्न सावधानीहरु अपानाएर शल्यिक्रिया गरिएको हो ।

सर्जन डा. चौधरीका अनुसार सबै सुरक्षाको उपाय अपनाएर ती महिलाको शल्यक्रिया गरिएको हो । ‘कोरोनासँग डराएर बिरामीको उपचार रोक्नु हुँदैन,’ उनले भने, ‘हामीले पनि उच्च सतर्कता अपनाउँदै उनको उपचार गरेका हौँ ।’उनका अनुसार बिरामीको समयमै सफल शल्यिक्रिया भएपछि सम्भावित दुर्घटनाबाट बचेको हो । चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले सबै सुरक्षाको उपाय अपनाउँदै शल्यक्रिया गरिएको हो ।

विरामीका श्रीमान विकास भट्टराई

यता उनकी श्रीमान विकास भट्टराईका अनुसार , अन्य अस्पतालहरुले कोभिडको बिरामी भन्ने बितिकै नछुने , अलगै लगेर राख्ने भएपनि मदर एण्ड चाइल्ड अस्पतालले दिन रात केहि नभनि सफल शल्यिक्रया गरिदिएकोमा कृतज्ञता व्यक्त गरे । उनले भने , अन्य धेरै अस्पतालमा गएमा कोभिड विरामीको नाम सुन्ने वितिकै पर—परै रहने भएपनि यहाँ चाहिँ विरामी र कुरुवाहरु प्रति अस्पताल प्रशासनले गरेको व्यवहार प्रति खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित