इटहरी अस्पताललाई एक्सपर्टको सहयोग

इटहरी । एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. ले इटहरी अस्पताललाई कन्सन्ट्रेटर बितरण गरेकाे छ । एक्सपर्ट फाउन्डेसनमार्फत् इटहरी अस्पताललाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको उपस्थितीमा तीन थान कन्सन्ट्रेटर बितरण गरेकाे हो । उक्त संस्थाले अष्ट्रेलियामा प्रधान कार्यालय स्थापना गरी विश्वभरका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आइरहेकाे छ ।

विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेका व्यक्तिहरुलाई सहायता वितरण सुरु गरेको संस्थाले नेपालको लागि ५० वटा कन्सन्ट्रेटर ल्याएको एक्सपर्ट फाउन्डेसनका अध्यक्ष रोशन कडेलले जानकारी दिए । ‘सोअनुसार यस अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।

१० लिटरका ३ थान अक्सिजन कन्सन्ट्रेटरको प्रयोगले अक्सिजनको अभावमा बिरामी मर्नुपर्ने अवस्थालाई रोक्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा विभिन्न अस्पताललाई उक्त सामाग्री वितरण गरीरहेको जानकारी दिए ।

यस्तै कार्यक्रममा बोल्दै इटहरी शाखाका निर्देशक कमल तिम्सिनाले एक्सपर्ट व्यवशायीक संस्था भएर पनि सामाजिक कार्यमा निरन्तर सहभागि रहेको बताए । उनले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने बताए । कार्यक्रमका बोल्दै प्रमुख अतिथि इटहरी उप महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

संस्थाले यसअघि नै पनि अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदान लगायतका सहायताहरु प्रदान गरिसकेको छ । कार्यक्रममा इटहरी अस्पतालका इन्चार्ज योगेश चेम्जोङ, एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. नेपालका बिजनेस डेभल्पमेन्ट मेनेजर विकास ज्ञवालीलगायतको उपस्थिती थियो । शाखा निर्देशक भव तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित