एक करोड २० लाख डोज खोप खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । २० प्रतिशत अर्थात ६० लाख नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो ।

स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गरेर त्यससम्बन्धी फाइल मन्त्रिपरिषद् लगेको छ । चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि यस्तो निर्णय गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित