बीपी प्रतिष्ठानमा भ्रष्टचारविरुद्ध आवाज उठाउने एशाेसिएट प्राेफेसर विष्णु पाेखरेललाई उपकुलपतिकाे स्पष्टिकरण पत्र

धरान / धरान स्थित वीपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गीरीले प्रतिष्ठानका एशाेसिएट प्राेफेसर डा.विष्णु पाेखरेललाई स्पष्टिकरण माग गरिएको छ । सामाजिक संजालमा संलग्न भई प्रतिष्ठानकाे छविमा आँच आउने कार्य गरेकाे भन्दै डा.पाेखरेलाई उपकुलपतिले आराेप लगाउदै स्पष्टिकरण माग गरिएको हाे । सामाजिक संजालमा संलग्न भई प्रतिष्ठानको छविमा आँच आउने कार्य गरेको र प्रसितष्ठानका गोप्य सूचना अख्तियारलाई उपलब्द गराइएको भन्दैं उपकुलपति प्राडा गिरीले तीन दिन भित्र जवाफ दिन आइतबार स्पष्टिकरण साेधेका हुन् ।

डा. पाेखरेल वीपी प्रतिष्ठानमा अर्थाेपेडिक्स विभागका एशाेसिएट प्राेफेसर हुन । उनले केही समय पहिले सामाजिक सञ्जालमा प्रतिष्ठानकाे अस्तित्व ध्वस्त पार्ने र निजि मेडिकल कलेजलाई काखि च्याप्ने मेडिकल माफियालाई अख्तियारसँग कार्वाहीकाे माँग गर्न सार्वजानिक आव्हान गरेका थिए । पोखरेलले प्रतिष्ठानमा भ्रष्टचार मौलाएको कुरा सार्वजनिक साभाजिक संजालमा अभिव्यक्ती दिएका थिए । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत सूचना दिएको आरोपमा उहाँलाई स्पष्टिकरण सोधिएको बताइएको छ । बिपी प्रतिष्ठानको नियमवली २०५५ को १०.२६ बमोजिक आचारसर्हिता उलङ्घन गरेका भनिएको छ । नियमवलीको नियम १०.७ बमोजिक कारवाही अघि बढाइने पत्रमा भनिएको छ ।

आइतबार मात्र अख्तियारले बिपी प्रतिष्ठानमा प्रवेश गरि महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको थियो । अख्तियार प्रमुख प्रेकुमार राईको निर्देशनमा क्षेत्रीय कार्यालय इटहरीले छापा मारेको थियो । छापा मारे लगतै डा. विष्णु पोखरेलाई स्पष्टिकरण सोधिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित