बीएण्डसीलाई अवैध रुपमा सम्बन्धन दिन लागेको विरोधमा प्रदर्शन गर्ने ६ जना पक्राउ

काठमाडौं । झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागेको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा. केसी अलायन्सले प्रदर्शन गरेको हो। प्रदर्शनमा अलायन्सका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशि विक्रम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

अलायन्सले पक्राउ परेका सबैलाई विनाशर्त रिहा गर्न माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रुपमा बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन खोजेको भन्दै अलायन्सले विरोध प्रदर्शन गरेको हो।

वैध आसयपत्र नै नभएको उक्त अस्पताललाई अदालतमा मुद्दा विचाराधीन रहेको बेला प्रधानमन्त्रीको ठाडो हस्तक्षेपमार्फत सम्बन्धन दिने कोशिस भइरहेको अलायन्सको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित