वीपी प्रतिष्ठानको चिकित्सक शिक्षक कल्याण समाज अध्यक्षमामा डा. अरुणकुमार

सुनसरी । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको अध्यक्षमा डा. अरुण कुमार सिंह सहित ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठान अन्तरगत रहेको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको निर्वाचनबाट अध्यक्ष सहित ४ सदस्य निर्विरोध निर्वाचित भएका छन् भने, अन्य दुई सदस्यको लागि निर्वाचन हुन बाँकी रहेकाे छ ।

रिक्त रहेका पदहरूकाे निर्वाचन आउँदो असार १३ गते हुने छ । कार्य समितिकाे कार्यकाल दुइ वर्षकाे हुनेछ । नव निर्वाचित अध्यक्ष डा. सिंहले आफुले कार्यभार सम्हाले सँगै प्रतिष्ठानका चिकित्सक तथा शिक्षकहरुको हकहितमा सदैब लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित