औषधिको राजा कुरिलोको कमाल जानिराखौं, यस्ता छन् फाइदा

काठमाडौ । कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ । नेपालको मैदानी जंगलदेखि हिमाली भूभागसम्ममा पाइने कुरिलोलाई आयुर्वेदले औषधीको रानी मान्छ । कुरिलो काँडा भएको र नभएको गरी दुइ प्रकारमा पाइन्छ ।

उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन । तर औषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पोलिसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अ’ग्निवर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधीय गुण भएको भनेर चर्चा गरेको छ ।

कुरिलोको सेवन पीडा कम गर्न मात्र नभएर स्त’न’पान गराइरहेका महिलाको दुधको मात्रा बढाउन, पि’साब पोल्ने समस्या हटाउन, का’मोत्ते’ज’ना वृ’धदि’का लागी, अनिद्रा, भोक नलाग्ने समस्या, पाचन प्रणालीमा सुधार, पेटको ट्यु’मर, घाँटीमा भएको संक्रमण ब्रों’काइटिस लगायतका रोगको उपचारका लागि कुरिलो उत्तम मानिन्छ ।

यी रोगको उपचारका लागि कुरिलोको जरा तथा काण्ड दुबै प्रयोग गरिन्छ । अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएको कुरिलोलाइ संस्कृतमा शतावरी भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित