कोरोनाविरुद्धको दोस्रो चिनियाँ खोपलाई पनि स्वीकृति

काठमान्डाैं / चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको दोस्रो खोपले पनि प्रयोगको मान्यता पाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले दोस्रो चिनियाँ खोप प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो । डब्लूएचओले चीनको दोस्रो खोप सिनोभाकलाई आकस्किम प्रयोगका लागि अनुमति दिएको छ ।

यसअघि चीनले बनाएको सिनोफार्म नामक खोपको प्रयोगका लागि पनि डब्लूएचओले स्वीकृति दिइसकेको छ । सिनोभाक डब्लूएचओबाट स्वीकृति पाउने दोस्रो चिनियाँ खोप हो ।चीनले खोपमा सबैको समान पहुँच स्थापित गर्नका लागि कोभ्याक्स अभियान चलाएको छ । दोस्रो स्वीकृतिले पनि यो अभियानका लागि बाटो खुला भएको छ ।

प्रतिक्रिया

सम्बन्धित