कोरोनाको त्रासका बिच, न्यूरो अस्पतालले बचायो ख्यातिप्राप्त उद्योगपति राठीको ज्यान

कोभिड १९ को दोस्रो लहरले छोटो समयाअवधि मै बिराटनगरका ठूला उद्योगपति एवम समाजसेविको ज्यान लिई सकेको छ । १ नं प्रदेशले मात्र नभएर , उद्योगक्षेत्र एवम देशले नै ठूलो क्षति व्यहरनु पर्यो ।

हरेक अस्पतालमा विरामी आँउदा कोभिड १९ संगको लक्षण मिल्दो जुल्दो हुने हँुदा बिरामीहरुले अन्ततः पिसिआर परिक्षणको रिपोर्ट देखाए पश्चात मात्र कोभिड र नन कोभिड उपचार व्यवस्था प्राय अस्पतालहरुको रहेको छ । पिसिआर रिपोर्ट नआउन्जेल सम्म कुनै पनि प्रकारको बिरामीको अवस्था जटिल भई मृत्यू समेत हुने खतरा हुन्छ । यस्तै दुर्घटनाबाट जोगिनु भएको छ , १ नं प्रदेश कै ख्यातिप्राप्त व्यवसायी उद्योगपति एवम समाजसेवी भगवान दास राठी ।

कोरोनाको महामारीको समयमा यस अघि नै बिराटनगरका ३ जना उद्योगपतिको कोरोना संक्रमणबाट मृत्यू भइसकेको छ । सबै तिर कोलाहाल मचिरहेको बेला बिराटनगरका ख्यातिप्राप्त उद्योगपति भगवानलाल दास राठी पनि केहि दिन देखी बिरामी थिए । उनलाई गत आइतबार एका—एक छाति दुख्यो । साँस लिन अफठ्यारो भयो । उद्योगपति राठीका छोरा पवन राठी, बुबालाई लिएर बिराट नर्सिङ होम अस्पताल लागे । तर त्यहाँका डाक्टरहरुले उनलाई रेफर गरे । त्यस संगै उनिहरु न्यूरो अस्पताल आइपुगे ।

न्यूरो अस्पतालको आकस्म्कि कक्षमा बिरामी राठीलाई ल्याए संगै उनको प्रारम्भिक उपचार गर्दा हृदयघातको लक्ष्ण देखिएको थियो । हृदयातको लक्षण देखिए संगै अस्पतालमा रहेको कार्डियाक रेस्पोन्स टिमका वरिष्ठ कार्डियोलोजिस्ट डा. राजिव श्रेष्ठले, हृदयघात भए—नभएको पुष्टि गर्नका लागि एन्जियोग्राफि गर्नुपर्ने बिरामीको आफन्तलाई बताए । यद्दपी उद्योगी राठीमा छाति दुख्ने , साँस लिन समस्या देखिएको अर्थात कोरोनाको समेत लक्षण देखिएको हुँदा पिसिआर अनिर्वाय गर्नुपर्ने थियो । डा.श्रेष्ठले बिरामीबारे सम्पूर्ण जानकारी , न्यूरो अस्पतालका बरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. निकेश राज श्रेष्ठलाई जानकारी गराए ।

निकेश उहि डाक्टर हुन् जस्ले १ नं प्रदेशमै पहिलोपटक मुटु सम्बन्धी उपचारका लागि क्याथल्याब मार्फत सेवा प्रदान गर्न सुर गरे । डा. निकेशले बिरामीको तत्कालै एन्जियोग्राफी गरेर मुटु भित्रको रक्त संचार अवरुध भए— नभएको बुझनुपर्ने बताए । तर बिरामीमा कोरोनाको संमेत लक्षण देखिएको हुँदा उपचार प्रक्रिया कसरी बढाउने भन्ने बिषयमा सबै त्रसित भएका थिए ।

पिसिआरको जाँचको लागि स्वाब पठाए पनि रिपोर्ट आउन केहि घण्टा पर्खिनु पर्ने भएकाले बिरामीको उपचार गर्न ढिलाई गर्दा ज्यान समेत जाने अवस्था थियो । सोहि क्रममा डा. निकेश, अस्पताल आएसंगै कोरोना जाँचको लागि पर्खिदा बिरामीको अवस्था जटिल समेत हुनसक्ने भएकाले पिसिआर जाँचको रिपोर्ट अगावै कोभिड १९ संक्रमणको सम्पूर्ण सुरक्षाको मापदण्ड अपनाएर र पि.पि.ई लगाउँदै बिरामी राठीको उपचार सुरु गरे ।

एन्जिओग्राफिमा उपचार्थ राठीको एन्टेरियर वाल माइओकार्डियल इन्फ्राक्सन भएको पता लाग्योर सोहि समयमा उनको एन्जिओप्लास्टि प्रविधिबाट बन्द रहेको मुटुको नशामा स्टेन्ट जडान गरि ,बन्द रहेको नशाहरु खोली पूर्ण रुपमा मुटुमा रक्त प्रवाह गरियो ।

पिसिआर रिपोर्ट कै लागि पर्खिदा उद्योगी राठीको ज्यान समेत जान सक्ने अवस्था थियो । बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले उद्योगपति भगवान लाल दास राठीको जिवन बचाउन सफल भएको छ । अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले , उद्योगी राठीलाई समयमै अस्पताल ल्याउँदा ज्यान जोगाउन सफल भएको बताए । उनले भने , उहाँको ज्यान बचाउन नसकेमा अपुर्णिय क्षति हुने थियो । बिरामीको अवस्था हेर्दा स्वास्थ्यमा जटिलता देखिए संगै , बरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. निकेश राज श्रेष्ठ , बरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजिव श्रेष्ठ, वरिष्ठ विशेषज्ञ डा. केशर बहादुर गुरुङ लगायतको चिकित्सकिय टिमले उनको सफल उपचार गरेका हो । उता बिरामी राठीका छोरा पवन राठीले, बुवाको उपचार सफल भएसंगै पुनर्जीवन पाएर अस्पतालबाट घर फर्किएको बताए । उनले भने , अस्पतालले समयमै सहि निर्णय लिदा बुवाको ज्यान जोगायो ।

प्रतिक्रिया

सम्बन्धित