काठमाडौँ महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिन निर्देशन दिएको छ । महानगरपालिकाको महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन निर्देशन दिएको हो ।

अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएरलगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न सूचनामा भनिएको छ । त्यस्तै, जेठ मसान्तभित्र परीक्षाफल प्रकाशित गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न पनि महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले सूचनामार्फत जनाएका छन् । त्यस्तै, कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा यथाशीघ्र सूचना गरिने अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित