साउदी अरबका विद्यालयमा रामायण र महाभारत पढाइ हुने

काठमाडौ । साउदी अरबमाथि पृथकतावादी सोच भएको मुलुकको आरोप लाग्ने गर्दछ। हाल सम्म साउदीमा मुस्लिम धर्म बाहेक अन्य कुनै धर्मको बारेमा पढाइ नै हुदैन ।साउदीले आफ्नो धर्म बाहेक अरु धर्म मान्नेहरुलाई ‘अविस्वासी’ भनेर पढाउदै आएको छ। पछिल्लो समय साउदी अरबले ‘भिजन २०३०’ सार्वजनिक गरेपछि अन्य धर्मको बारे आफ्नो विद्यालय पुस्तकमा उल्लेख गर्ने भएको छ। हिन्दु धर्मग्रन्थ महाभारत र रामायण जस्ता कितावबारे साउदी अरबका विद्यालयमा पढाइहुने छन्।

कुन विषयमा कसरी पढाइ हुने पुरा जानकारी नदिएता पनि साउदीले आफ्ना विद्यालयमा पढाइने पुस्तकहरुमा हिन्दु, क्रिस्चन लगाएत मुस्लिम बाहेकका धर्मको बारेमा जानकारी दिने भएको छ।

भिजन २०३० अन्तर्गत साउदीको विद्यालयमा अंग्रेजी भाषाको पढाइ अनिवार्य गराइने भएको छ भने आर्थिक तथा सामाजिक परिवर्तनका लागि निजी क्षेत्रका महिलाहरुलाई सहभागि गराउन प्रोत्साहित गर्दै आएको छ। साउदी अरेवियामा एक वर्षको अवधिमा १ लाखभन्दा बढी महिलाहरुलाई व्यापारिक कार्य गर्नका लागि अनुमति दिईएको छ।

प्रतिक्रिया

सम्बन्धित