निषेधाज्ञाको अवज्ञा, मोरङ तथा सुनसरीमा परिक्षा सञ्चालन

मोरङ । कोरोना महामारीको बीच पनि मोरङ तथा सुनसरी भित्र परिक्षा सञ्चालन भईरहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ तथा सुनसरीमा निशेधाज्ञाको समेत अवज्ञा गर्दै निजी तथा सरकारी विद्यालयहरुले परिक्षा सञ्चालन गराईरहेका छन । जिल्लामा कोरोना महामारी बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निशेधाज्ञा जारी गरे पनि विद्यालयहरुले निशेधाज्ञाको अवज्ञा गर्दै खुलेआम विद्यालयहरुमा परिक्षा सञ्चालन गरेका हुन । माेरङकाे सुन्दरहरैचा तथा सुनसरीकाे इटहरी भित्रका सबै विद्यालयहरुमा परिक्षा भईरहेको छ ।

सरकारले अहिले कोभिड सक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिए पनि सुन्दरहरैचामा भने परिक्षा भएको भन्दै अभिभावकहरुले गुनासो गरेका हुन । विद्यालयहरुले गम्भिर गल्ती गर्दै आएको भन्दै तत्काल परिक्षा बन्द गराउन सम्बन्धीत निकायलाई आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित