सबै परीक्षा स्थगित गर्न सीसीएमसीकाे सिफारिस

काठमाडाैं / कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै तहका सबै किसिमका परीक्षाहरू स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।​
सीसीएमसीकाे आइतबार बसेकाे बैठकले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेकाे हाे। बैठकमा सहभागी संघीय मामिला मन्त्री गणेश ठगुन्नाले ​सबै किसिमका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेकाे जानकारी दिए।

उनले सीसीएमसीकाे सिफारिस मन्त्रिपरिषद् बैठकमा पेस गरिने बताए। मन्त्रिपरिषदले स्थान हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई यसअघि नै दिइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित