इनरुवाका विद्यालयका अनितिकालका लागि बन्द

इनरुवा / इनरुवा नगर क्षेत्र भित्रका विद्यालय अनिश्चितकालको लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यालयले विद्यालय जाने उमेरका बालबालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्दको निर्णय गरेको हो । इनरुवामा केहि दिन अघि मात्र बलाहामा रहेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना देखिएको थियो ।

नगरपालिकाले विद्यालय जाने उमेरका विद्यार्थीमा संक्रमणको जोखिम बढेको पाइएकाले अर्को सूचना जारी नभए सम्मका लागि नगर भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । यसैबिच नगरपालिकाले नगर भित्र भीडभाड हुने कुनैपनि गतिविधि गर्न नपाइने भनेको छ ।

नगर प्रमुख राजन मेहता द्वारा जारी सूचनामा समुदायमा कोरोनाको जोखिम बढ्दै गएकाले मेला, भेला, सभा, सम्मेलन जस्ता कार्य गर्न रोक लगाइएको उल्लेख छ । प्रशासनले भने जिल्लाभर लागु हुने गरी भिडभाड हुने कार्यमा रोक लगाइएको विषयको सूचना यस अघिनै प्रकाशित गरी सकेको छ । प्रशासनले विद्यालय तथा हाट बजार बन्द वा खोल्ने भन्ने सम्वन्धमा भने सम्वन्धित स्थानीय तहले निर्णय लिन पाउने जनाइ सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित