पथरीकाे सेल्फी रोडमा बग्गि र घोडा

पथरी / सेल्फी फोटो खिच्न र टिकटक बनाउन लोकप्रिय रहेको गन्तब्यको सेल्फी रोडमा नयाँ बर्षको दिन मानिसको ठुलो भिड भएको थियो । आन्तरी तथा बाहिय पर्यटकीय आकर्षण गर्न सफल मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ मा अवस्थित सेल्फी रोडमा १ गते देखि घोडा सवार बग्गि सवार (डागा) र नेपाली पोषाक समेत भित्रिएको छ ।

चौतारी सामुदायीक वन क्षेत्र भित्र रहेको सेल्फी रोड यतिखेर सामाजिक संजालमा निकै चर्चामा आएको छ । नयाँ बर्षको अवसरमा पर्यटकलाई आकर्षण गर्न घोड सवार बग्गी सवार र नेपाली पोसाकहरु राखिएको हो । घोड र बग्गीको सामुदायीक वनका अध्यक्ष मेघराज चापागाईँले उद्घाटन गरेका छन् । मनिसको बाक्लो उपस्थीती रहन थालेपछि स्थानीय युवा तिलक थापा र कुमार पौडेलले ६ लाखको लगानिमा घोडा र बग्गी सञ्चालनमा ल्याएका हुन ।

सामाजिक संजालमा चर्चा रहेका कारण घुम्न आउने गरेको आन्तरीक पर्यटक बताउछन । घोडा र बग्गि आन्तरीक पर्यटकले रुचाएका र आउदा दिनमा घोडा र बग्गि कारण पर्यटकको चाप बढ्ने बग्गि संचालक कुमार पौडेलले बताए ।

टिकटक प्रयोककर्ताहरुको प्रमुख थलोको रुपमा परिचीत रहेको सेल्फी रोडमा पछिल्लो समय नेपाली मौली ड्रेस, फोटो सेसन, म्युजिक भिडियो तथा वइडिङ फोटो सुट हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित