बिएण्डसीले १०० विपन्न परिवारको स्वाथ्य विमा गरिदिने

बिर्तामोड । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सरकारले लागु गरेको स्वास्थ्य विमा सुविधा लक्षित वर्गमा पुग्न नसकेको बताएका छन् । स्वस्थ्य विमा कार्यक्रम अन्तरगत बिएण्डसी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा लिन विपन्न वर्ग भन्दा सम्पन्न वर्गका व्यक्तीहरु धेरै आउने गरेको सोमबार पत्रकार भेटघाट कार्यक्रम प्रसाईंले बताए ।

विपन्न तथा पछाडिएको समुदायका नागरिकलाई प्राथमिकतामा राखेर अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत एक परिवार नेपाली नागरिकको स्वास्थ्य बीमा गरिदिने बताएका छन् ।

‘जुन समुदाय राज्यको पहुँचभन्दा बाहिर छ, त्यो समुदायलाई विशेष प्राथमिकतामा राखिनेछ’, निर्देशक प्रसाईंले भने, ‘सन्थाल, मेचे, मुसहर, उरावलगायत पछाडि परेको र विपन्न परिवारलाई अस्पतालले निःशुल्क बीमा गरिदिन्छ ।’ प्रत्येक परिवारका लागि तीन हजार ५ सय रुपैयाँ खर्च गरेर बीमा गरिने अस्पतालले जनाएको छ ।

यसैबीच, सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नै अस्पतालले करिब अढाइ करोड रुपैयाँको लागतमा बिर्तामोड २ को मोहनमाया माविको भवन निर्माण सम्पन्न गरेको गिरीले जानकारी दिए ।

त्यस्तै, अर्जुनधारा ६ को लक्ष्मीपुर मावि र अर्जुनधारास्थित खुदुनाबारीको जनता माविको भवन निर्माण पनि अस्पतालले गरिदिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित