विश्व छारे रोग दिवशको अवसरमा न्यूरो कार्डियोकाे प्रभात फेरि

बिराटनगर / विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रन्जन थापा लगायत विभिन्न चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीको सहभागीता थियो ।

र्यालीमा सहभागिहरूले सचेतनामुलक प्लेकार्डहरू सहित नारा लगाएका थिए । उनीहरूले ¥यालीमा ‘रातो भाले कालो परेवा चढाएर छारे रोग निको हुँदैन , छारे रोग सरुवा रोग होइन्, यसको उपचार गरे ठिक हुन्छ, छारे रोग देवी देउता रिसाएर वा जंगली लागेर हुने होइन्, समयमै उपचार गरौं छारे रोगबाट मुक्त हौं, लगायतका प्लेकाट बोकेको र्यालीमा सहभागि भएका थिए ।

न्यूरो हस्पिटलका स्वास्थ्यकर्मी,कर्मचारी र विद्यार्थीहरूसुरु भएको प्रभातफेरी विराटनगर बजारको परिक्रमा गरि मदर एण्ड चाइल्ड हस्पिटलमा समापन भएको थियो । सो अवसरमा छारे रोगप्रति व्याप्त भ्रम तथा अन्धविश्वास विरुद्ध कलेजस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरियो भने छारे रोगबारे निःशुल्क परामर्श सेवासमेत दिइएको छ ।

उक्त निबन्ध प्रतियोगितामा प्रथम विराटनगरस्थित मेरिल्याण्ड कलेजका आर्दश घतानी, द्धितीय आर्दश कलेजका श्लोक कोइराला र तृतीय भानु कलेजका कृतिका झा भइन् । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः पाँच, तीन र दुई हजार प्राप्त गरे ।

बिजेताहरुलाई न्यूरो अस्पतालका कार्यकारी निर्देशक अनिषा विष्ट , अपरेशनल डाइरेक्टर राजेश भट्टराई, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रन्जन थापाले पुरस्कार वितरण गर्नुभयो । यस्तै छारे रोग दिवसको अवसरमा विभिन्न जाँचमा २५ प्रतिशत छुट तथा एक महिनाको निःशुल्क औषधी प्रदान गरिएको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो ।

यस्तै , हस्पिटलमा तिन दिने कार्यक्रम मध्ये बिहिबार छारे रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो अस्पतालको सभा कक्षमा सम्पन्न भएको छारे रोग सम्बन्धी सचेतनामुलक कार्यक्रमा १ नम्बर प्रदेशका बिभिन्न जिल्लाका ४० जना स्वास्थ्यकर्मीको उपस्थिति थियो । उक्त सचेतनामुलक कार्यक्रममा न्यूरो अस्पतालका बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार बिष्टले छारे रोग साधारण किसिमको रोग भएता पनि ग्रामिण भेगमा यो रोग सम्बधि अन्धबिश्वास व्याप्त रहेको बताउनुभयो ।

छारे रोग नशा सम्बन्धी रोगको लक्षण हो तर यसप्रति व्याप्त अन्धविश्वास, भ्रम तथा रुढीवादी परम्पराले गर्दा यस रोगका बिामीहरु सही उपचार नपाएर गाउँघरमा अलमलिने गरेको बताइन्छ । नेपालमा करिव १ लाख ५० हजार बढी छारे रोगका बिरामी रहेको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित