पियू शिक्षण अस्पतालमा २४ घण्टा बिरामीलाई आकस्मिक सेवा दिनुपर्ने स्थानीयकाे माग

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित पूर्वाञ्चल विश्व विद्यालयकाे केन्द्रीय कार्यालय, शिक्षण अस्पताल तथा भाैतिक संरचनाकाे अवस्था र गतिविधि वारे अनुगमन गरिएको छ ।

स्थलगत रुपमा भएको अनुगमनकाे क्रममा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी , नगरप्रमुख शिवप्रसाद ढकाल लगायत जनप्रतिनिधि साथै स्थानीयकाे टोलीले पियूकाे गतिविधि र अस्पतालकाे अवस्था वारे अनुगमन गरेको थियाे । पियू शिक्षण अस्पतालले खासै राम्रो सेवा सुविधा दिन नसकेको खबर जनस्तरबाट आएपछि माननीय तथा नगरप्रमुख सहितको टोलीले विषेश अनुगमन गरेको हाे । अनुगमनका क्रममा विषेशज्ञ सेवा दिने डाक्टर २ घण्टा पनि राम्रो नबस्ने ,स्वास्थ्य बिमा वापत पाइने औषधी सबै उपलब्ध नहुने , ल्याबको रिपोर्ट ढिलो आउँने, सेवाग्राहीको चापलाई मध्यनजर गर्दै ओ.पि.डि सिस्टमलाई थप व्यवस्थित नबनाएकाे ,अस्पतालले दिने सेवा सुविधा छिटाे छरितो नभएको लगायत गुनासा सेवाग्राहीले राखेका छन् ।

सो क्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा डा. यादवराज कोईरालाले समस्याको समाधानमा आफु लाग्ने साथै सेवाग्राहीकाे पिर मार्कालाई बुझेर साेही अनुसारकाे उपलब्धि मूलक कार्य सम्पादक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रा. डा कोइरालाले आफ्नो कार्यकाल स्मरण योग्य बनाउन आफु लागि परेको तथा काेविड १९ का कारण र देशकाे राजनीतिमा आएकाे गतिविधिले समेत केही समस्या भएको उल्लेख गरे । उनले आगामी समयमा सेवाग्राहीकाे माग र आवश्यकताकाे सम्बाेधन गर्दै पियू शिक्षण अस्पतालमा भएका कमि कमजोरीकाे सुधार गर्ने समेत बताए । प्रा डा काेईरालाले यहि वैशाख देखि २४ घण्टा नै अस्पतालले सेवा दिने गरी गृहकार्य भइरहेको र त्यसको व्यवस्थापनका लागि कर्मचारी र विशेषज्ञ डाक्टरको सेवाको विषयमा छलफल चलिरहेको उनले अनुगमन टोलीलाई जानकारी दिए। अनुगमन टोली समक्ष उपकुलपति प्राडा कोईरालाले पूर्वपश्चिम राजमार्ग देखि विश्वविद्यालय सम्म आउँने जाने बाटो कालोपत्रे गुणस्तरीयका साथमा दिगाे रुपले चाँडै सम्पन्न गर्न माग राखेका थिए।

अनुगमनमा राष्ट्रिय सभा सदस्य रायमाझीले पियू शिक्षण अस्पतालमा भएका समस्याकाे सावधान गरि विश्वविद्यालयले २४ घण्टा नै बिरामीलाई आकस्मिक सेवा दिनुपर्ने बताए । उनले सेवा सञ्चालन गर्न समस्या भए आफ्नो तर्फबाट सक्दो पहल गर्ने उल्लेख गर्दै यस अस्पताल छाेडेर उपचारकाे लागि अन्त कतै धाएर विरामी जानू पर्ने र दुःख पाउँनु पर्ने समस्याकाे सावधान हुनु पर्ने उल्लेख गरेका थिए ।

सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले अनुगमनका क्रममा विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न नगरपालिका सदैव तयार रहेको बताए । उनले नपाकाे तर्फबाट स्थानीय सरकारको क्षमताले भ्याए सम्म सहयोग गरिरहेको र आगामी समयमा समेत निरन्तरता दिई रहने उल्लेख गरेका थिए । नगर प्रमुख ढकालले पियू प्रवेश गर्ने आपपासकाे बाटाे यही आर्थिक वर्षमा नै कालोपत्रे हुने क्रममा रहेको जानकारी दिएका थिए। अनुगमनमा सहभागीले अस्पतालका कर्मचारी ,बिरामी तथा स्थानीयसँग अस्पताललाई सुधार गर्न चाल्नु पर्ने सुझाव , सेवा सुविधा साथै गुणस्तरका विषयमा जिज्ञासा समेत राखेका थिए ।

पुर्वाञ्चल विश्व विद्यालयमा दैनिक करिव ७ सय भन्दा बढी बिरामी स्वास्थ्य सेवा लिन आतुर भएको अनुगमन पछिकाे विश्लेषणबाट प्राप्त भएको खबर छ । विश्वविद्यालयले २४ सै घण्टा आकस्मिक सेवाका साथै विशेषज्ञ सेवा अहिले सम्म संचालनमा ल्याउन नसकेको कारण यस क्षेत्रका बिमारीहरु अन्यत्र उपचारका लागि जान बाध्य भएकाे स्थानीय जानकारहरु बताउँछन् । विश्वविद्यालयको केन्द्रिय कार्यालय विराटनगरबाट गोठगाउँमा सरे देखि धेरै वर्ष पछि यस क्षेत्रले भि.सि. , रजिष्टार सहितको केन्द्रिय कार्यालय यसै वर्षबाट संचालनमा आएकोमा स्थानीय खुसी भएको वडा न ७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलाले बताए । उनले पियू शिक्षण अस्पतालबाट प्राप्त हुने सेवा सुविधा थप सुधार हुने आशा गरेका यस क्षेत्रका जनता विशेषज्ञ सेवालाई २४ सै घण्टा बनाउनु पर्ने साझा मागमा उत्रिएकाे जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित