यसकारण खानुहाेस् बट्टाईको अन्डा

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका अण्डा पनि धेरैले रुचि पूर्वक खाने गरेका छन् । वन्य पन्छीहरू ढुकुर, कालिज तथा तित्राका अण्डा पनि निकै रुचाइन्छ । ती सबैका अण्डामा केही फरक विशेषता हुने भए पनि सामान्यत सबैमा एकै प्रकारको गुण पाउन सकिन्छ ।अण्डा खाँदा हुने फाइदा र बेफाइदाको बारेमा पनि हामीलाई धेरैले बताउने गर्छन् । तर के तपाईलाई थाहा छ स्वस्थ शरीरका लागि दिनमा कतिवटा अण्डा खानु उचित हुन्छ ? अनि यसलाई कसरी पकाउनु पर्छ ?

स्वास्थ्य विशेषज्ञहरू शरीरलाई स्वस्थ राख्न दैनिक अण्डा सेवन गर्न सल्लाह दिने गर्छन् । साथै आवश्यकता भन्दा बढी मात्रामा अण्डाको सेवन गर्नाले स्वास्थ्यमा हुनसक्ने हा’निको बारेमा पनि बताउँछन् । पोषणतत्वले भरिपूर्ण भएकै कारण चिकित्सकहरू दिनमा एउटा अण्डा खाने सल्लाह दिने गर्छन् । अण्डामा भिटामिन ए, डी, बी तथा बी १२, लूटीन तथा जीएजेनथीन लगायतका तत्व पाइन्छ । यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ ।अण्डा किन्दा कहिल्यै पनि फुटेको अण्डा किन्नु हुँदैन । यसमा माटो वा व्या’क्टेरिया छि’र्ने ख’तरा हुन्छ ।

त्यसैले, अण्डालाई फ्रिजमा छोपेर राख्न विज्ञहरू सल्लाह दिने गर्छन् । अण्डाको सेतो भागलाई बट्टामा बन्द गरेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ । अण्डाको भित्री पहेँलो भागलाई भने तीन दिनसम्म मात्र सु’रक्षित राख्न सकिन्छ ।अण्डा ताजा छ कि छैन भन्ने कुरा विभिन्न तरिकाले पत्ता लगायत सकिन्छ । एउटा भाँडोमा चिसो पानी लिएर त्यसमा अण्डालाई हाल्दा पनि यो कुरा पत्ता लाग्छ । अण्डालाई चिसो पानीमा हाल्दा अण्डा डुबेमा त्यो ताजा हो भने न’डुबेमा बासी हो । यसमा पनि अहिले बजारमा पाइने बट्टाईको अण्डामा अन्य पंक्षीको अण्डामा भन्दा धेरै पौष्टिक आहार पाइने गरेको छ ।

दम, निमोनिया, रुघाखोकी र ग्याष्ट्रिक कन्ट्रोल गर्न बट्टाईको अण्डाले सहयोग गर्ने पक्षीं विज्ञहरु बताउँछन् । त्यस्तै, सुगर रोगीलाई र उच्च रक्तचापलाई पनि यसले घटाउने काम गर्छ । शरिरमा भएको अनावश्यक टक्सिन निकाल्ने, किड्नी, लिभर र गलव्लाडरलाई स्वस्थ्य राख्न, हड्डी मजबुद बनाउन, छालालाई स्वस्थ्य एलर्जीबाट जोगाउन, रगत शुद्धिकरण तथा हमोग्लोविनको मात्रा बढाउन, शरिरिक वृद्धि तथा स्मरण शक्ति बढाउन, रोगप्रतिधात्मक क्ष’मता वृद्धि गर्न र शरिरमा रहेका चोटपटक चाँडो निको पार्न मद्दत गर्न बट्टाईको अण्डा खानाले सहयोग गर्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित