पक्राउ गर्न लाग्दा रुखमा चढेका अभियुक्तले हाम फालेर मर्छु भनेपछि प्रहरीलाई तनाव

काठमाडौं / एक अभियुक्तलाई पक्राउ गर्ने क्रममा आइतबार काठमाडौं प्रहरीलाई दिनभर तनाव भयो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखानामा चोरी गरेर फरार भएका अभियुक्त पक्राउ गर्न प्रहरीको विपद् व्यवस्थापन टोलीदेखि मानसिक रोग विशेषज्ञ समेत खटिनुपरेको हो ।

मकवानपुरको हाँडिखोलाका ३६ वर्षीय खन्ति भन्ने सुकलाल वाइवालाई प्रहरीका विभिन्न युनिट जम्मा भएपछि पनि चार घण्टापछि मात्रै पक्राउ गर्न सफल भएका हुन् ।

वाइवालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बज्न लाग्दा फेला पारेको थियो ।

गोकर्णेश्वर नगरपालिका ४ उत्तरवाहिनीस्थित कान्ति भैरव मन्दिरनजिकै लुकीछिपी बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा फरार भएका थिए ।

No description available.

प्रहरी उनलाई पछ्याउँदै गयो। उनी गोकर्णको खोँचको रुखमा चढे । प्रहरी रुखको फेदमा पुगेपछि उनले अब नछाडे हाम फालेर मर्छु भने। त्यसपछि प्रहरी नै अलमलमा प¥यो। प्रहरीले रुखबाट झर्न आग्रह गर्दा पनि वाइवाले मानेनन् ।

त्यसपछि वृत्तको टोलीले घटनाको बारेमा प्रहरी परिसर काठमाडौंमा जानकारी गरायो ।

काठमाडौंबाट डीएसपीको कमाण्डमा अर्को टोली पनि घटनास्थलमा पुग्यो । विपद व्यवस्थापनको उद्धार टोली पनि परिचालन गरियो। आत्महत्या गर्नलागेको व्यक्तिलाई सम्झाइ बुझाइ गरी सकुशल फर्काउनका लागि नेपाल प्रहरी अस्पतालबाट मानसिक रोग विशेषज्ञ एसपी डा.आशिष दत्त समेत घटनास्थलमा पुगे ।

No description available.

डा. आशिष दत्तले आत्महत्या गर्न लागेक व्यक्तिलाई करिब १ घण्टा परामर्शपछि दिएपछि उनी फर्किन सहमत भएका थिए ।

विपद् व्यवस्थापनको उद्धार टोलीले करिब ३० फिट तल भिरमा गएर उनलाई माथि ल्याएको परिसरका एसपी रमेश कुमार बस्नेतले बताए ।

उद्धारपछि पक्राउ गरिएका वाइवाविरुद्ध कानूनी कारबाही अगाडि बढाइएको एसपी बस्नेतले बताए ।

No description available.
साभार ः नेपाल खबर

प्रतिक्रिया

सम्बन्धित