ब्राइट फ्यूचर माविमा नाेवेल अस्पतालकाे स्वास्थ्य शिविर

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित ब्राइट फ्यूचर माध्यमिक विद्यालय सलकपुरमा निःशुल्क रुपमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।नोबेल टिचिङ अस्पताल, विराटनगरको सहकार्यमा शिविर भएको थियाे । शिविरमा उपलब्ध भएको विशेषज्ञ सेवाहरु जनरल मेडिकल तथा मुटुरोग, प्रसूती तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसारोग, छाला तथा यौन रोग, नाक कान घाटी, आँखा परीक्षण तथा उपचार, दन्त सेवा, भिडियो एक्सरे, ल्याब इ.सि.जी. रहेको थियाे ।

शिविरमा अभिभावक तथा विद्यार्थी गरि करिव ७ सयले सेवा सुविधा लिएकाे साथै आगामी समयमा समेत विद्यार्थीहरुकाे पढाइ लेखाइ संगै यस्ता महत्त्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिदी स्वास्थ्य र समाजसेवाकाे क्षेत्रमा समेत अघि बढ्ने विद्यालयका प्रिन्सिपल टीकाराम ढकालले बताए । उनले विद्यालयका विद्यार्थीहरू तथा वरपर समुदायका अभिभावकहरुको स्वास्थ्यलाई ध्यानमा राखी एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविरकाे कार्यक्रम आयाेजना गरिएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित