आँखाको एर्लजी वा चिलाउने समस्याबाट कसरी बच्ने ?

काठमाडौँ / सुन्दा सामान्य लागे पनि आँखा चिलाउने समस्याले गम्भिर असर पार्दछ । यदि समयमा उपचार भएन र सही ज्ञान भएन भने आखाँको समस्या गम्भिर हुन पुग्दछ ।

खासगरी बालबालिका तथा किशोरकिशोरीहरु यो समस्याबाट बढी प्रभावित हुने भएकाले उमेरमै उनीहरु दृस्टीविहीन हुने सम्भावना हुन्छ । यस्तोमा आँखाको एर्लजी हुनबाट बच्न केही उपाय अपनाउन सकिन्छ ।

– एलर्जीको कारक तत्वबाट जोगिनु नै यो समस्याको समाधान हो ।
– आँखालाई बेलाबेला सफा चिसो पानीले धुनु पर्दछ ।
– चर्को घाम लागेको बेला बाहिर जान कम गर्नु पर्दछ ।
– जानु परे पनि कालो छाता ओडेर जानु पर्दछ र गुणस्तरीय कालो चस्मा लगाउनु पर्दछ ।
– यसबाट बच्न फूल फुल्ने मौसममा वातावरणको सम्पर्कबाट टाढै बस्नु पर्दछ ।
– सम्भव भए हावा चलेको बेला घरको झ्यालहरु बन्द राख्नु पर्दछ ।
– पर्फ्युम, कस्मेटिक्स प्रयोग र व्यक्तिगत सामानहरु साझा गर्नु हुदैन ।

यो समस्या हुँदा चिलायो भनेर आँखालाई माड्नु हुदैन । अन्यथा क्षणिक रुपमा राहत महसुस भएपनि यसले समस्यालाई झन् जटील बनाउन सक्छ । आँखाको एलर्जी आफैंले दृष्टिविहीन बनाउँदैन तर उपचारमा लापरवाही र असावधानी भएमा भने दृष्टि गुम्ने खतरा हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित