एसईई जेठ १३ मा, १२ को परीक्षा जेठ २६ देखि

काठमाडौँ / २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले जेठमा परिक्षा गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ देखि २४ गतेसम्म र कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ । गत वर्ष एसईई कोरोना भाइरस महामारीका कारण स्कुलले नै लिएको थियो। आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित